६५ वर्षीया मनकुमारी भन्छिन्– आत्मबल दह्रो बनाए कोरोनालाई सजिलै जितिँदोरहेछ
६५ वर्षीया मनकुमारी पौडेललाई दमको समस्या छ । उमेर र रोगका कारण उनलाई कोरोनाले बढी नै समस्यामा पार्न सक्ने आकलन परिवारका सदस्य, आफन्त र शुभेच्छुकले गरेका थिए । १५–१६ वर्षदेखि दम र प्रेसरको बिरामी भएकाले चिकित्सक तथा स्वास्थ्यकर्मीसमेत झस्किएका थिए । तर, २० चैतमा अस्पताल भर्ना भएकी पौडेल १७ दिनमै कोरोनालाई जितेर घर फर्किएकी छिन् । पौडेलको आत्मबल देखेर […]
लम्जुङका विद्यार्थीलाई समस्या परे काँग्रेसका युवा नेताले सहयोग गर्ने
काठमाडौँ, कोभिड १९ कोरोना भाइरसका कारण कुनै समस्यामा परेका काठमाडौँमा बसोबास गर्ने लम्जुङ्का विद्यार्थी तथा अन्य नागरिकका लागि नेपाली काँग्रेस लम्जुङ काठमाडौँ सम्पर्क समितिले सहयोग गर्ने भएको छ । सम्पर्क समितिले एक प्रेस विज्ञप्ती जारी गर्दै काठमाडौँमा समस्या परेका जो कोही लम्जुङका नागरिकहरुलाई सहयोग गर्न एक समिति निर्माण गरेको छ । युवा नेता सुबास कडरियाको […]
स्थानीय सरकार ! नागरिकको भरोसा बन, पारदर्शितामा नचुक
लम्जुङ, कोरोना भाइरस संक्रमण नियन्त्रण तथा राहत वितरणमा स्थानीय सरकारले नागरिक समाजसँग सहकार्य गरेर अघि बढ्न युवा अभियन्ताले सुझाव दिएका छन् । अहिलेको विपद्का बेला स्थानीय तहको भुमिका प्रभावकारी देखिएपनि पारदर्शितामा प्रश्न उब्जिएको भन्दै नागरिक समाजलाई विश्वासमा लिएर काम गर्नु पर्नेमा युवा अभियन्ताको जोड छ । लम्जुङ युवा अभियन्ता सुवास कडरियाले नागरिक समाज र स्थानीय […]
सनसिटी घटनापछि स्थानीय तह थप सक्रिय
नगेन्द्र सापकोटा काठमाडौँ, वैशाख ५ गते । उपत्यकाका स्थानीय तह कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण फैलन नदिन थप सजग हुँदै क्रियाशील हुन थालेका छन् । कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ स्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई व्यक्तिमा तीन दिनअघि कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन झन् प्रभावकारी बनाई थप सजग भएका हुन् । कतिपय […]
काठमाडौँमा मजदुरको मुखमा माड लागेन, घर फर्कदा बाटोमै कुटपिट र लुटपाट
जब नारायणी पार गरेर नवलपुर छिरे तब उनिहरुको समुहको १ झुन्डमा रहेका ९ जना माथी अपरिचित चार युवकले खुकुरी देखाउदै शरिरमाथी लौरो बजारेर साथमा रहेको झन्डै २० हजार रुपैयाँ र ३ वटा मोवाइल सेट लुटेर फरार भए । सो घटना भएको केहि मिनेट लगत्तै उनिहरुले प्रहरीको भ्यान देखे र प्रहरीलाई गुहारे ।
ज्वरोको बिरामी नहेरेर मर्ने स्थिति नहोस् : स्वास्थ मन्त्रालय
काठमाडौं, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताललाई अत्यावश्यक सेवा नरोक्न निर्देशन दिएको छ । मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सरकारी, निजी तथा सामुदायिक अस्पताललाई ‘इमरजेन्सी’ सेवा नरोकि बिरामीको औषधि उपचार गर्न निर्देशन दिनुभएको हो । अस्पतालमा ज्वरोका बिरामी जाँदा उपचार नगरिरहेको मृत्युको मुखमा पुगेको भन्दै उहाँले ज्वरोका बिरामीको उपचार गर्न निर्देशन […]