स्थानीय सरकार ! नागरिकको भरोसा बन, पारदर्शितामा नचुक

लम्जुङ, कोरोना भाइरस संक्रमण नियन्त्रण तथा राहत वितरणमा स्थानीय सरकारले नागरिक समाजसँग सहकार्य गरेर अघि बढ्न युवा अभियन्ताले सुझाव दिएका छन् । अहिलेको विपद्का बेला स्थानीय तहको भुमिका प्रभावकारी देखिएपनि पारदर्शितामा प्रश्न उब्जिएको भन्दै नागरिक समाजलाई विश्वासमा लिएर काम गर्नु पर्नेमा युवा अभियन्ताको जोड छ ।

लम्जुङ युवा अभियन्ता सुवास कडरियाले नागरिक समाज र स्थानीय सरकार बीच सहकार्य गरेर अगाडि बढ्नु पर्ने बताउनुभयो । उहाँले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाम र राहत वितरणमा स्थानीय तह र नागरिक समाज मिलेर अघि बढ्नु पर्ने बताउनुभये । रातह वितरणको नाममा अनियमितताका घटना सार्वजनिक भइरहेको भन्दै कडरियाले विवादरहित ढंगबाट गरिब, विपन्न वर्गसम्म राहत पुर्याउन स्थानीय तहले नागरिक समाजसँग सहकार्य गर्नुपर्ने बताउनुभयो ।

अभियन्ता कडरियाले बिपद्को बेला स्थानीय कानुन बनाउँदा स्थानीय विज्ञताको पनि ख्याल गर्नुपर्ने  बताउनुभयो । उहाँले कोरोना नियन्त्रण र नागरिकलाई राहत दिने काममा सरकारको काम कारवाही प्रभावकारी नदेखिएको भन्दै गति बढाउन र पारदर्शिता देखाउन सुझाव दिनुभयो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website