सुलभ अग्रवाल धरौटीमा रिहा भए लगत्तै पुनः पक्राउ

काठमाडौं,  ज्वरो नाप्ने थर्मल गन कालोबजारी आरोपमा गत चैत २५ गते पक्राउ परेका सुलभ अग्रवाल धरौटीमा रिहा भए लगत्तै पुनः प्रहरीले पक्राउ गरेको छ ।

स्वास्थ्य सामाग्री खरिदमा कालोबजारीको मुद्दा दायर गरिएका व्यवसायी अग्रवाललाई अदालतले धरौटीमा छाड्ने आदेश दिए लगत्तै प्रहरीले पुनः पक्राउ गरेको छ ।

कालोबजारी मुद्दामा बिहीबार काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्न फैसला गरे लगत्तै व्यवसायी सुलभ अग्रवाललाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

जिल्ला अदालत काठमाडौंमा २५ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भए लगत्तै उनलाई पक्राउ गरिएको परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

प्रहरीले सम्पत्ति शुद्धिकरणमा समेत अनुसन्धान गर्न आवश्यक ठानिएकाले अग्रवाललाई पक्राउ गरेर प्रहरीले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा पठाएको जनाएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website