विश्वलाई आफ्नो बनाउने “साहस”

  –समीर सागर

 

विश्व यतिखेर कोरोना भाइरसको संक्रमणमा छ । चीनको एउटा शहरबाट सुरु भएको यो रोग विश्वभर फैलने क्रममा छ । मानिसहरु संक्रमणको डरले आफ्नै घरको सीमा नाघ्ने हिम्मत गर्न सकिरहेका छैनन् । गाउँ शहर मौन छ । गोरेटो,गल्ली,सडकहरु सबै सुनसान छन् । हुनत सबै देशका आ–आफ्ना सीमाना छन्, विश्वकै आश्चर्यमा पर्ने बिशाल पर्खाल ग्रेटवाल छ ।

अग्ला–अग्ला हिमाल तथा पहाडहरु छन् तर पनि यि मध्ये कुनैले पनि कोरोना नामक भाइरसलाई फैलनबाट रोक्न सकेनन् । सबै सीमाना नाघेर यो संसारभर द्रुत गतिमा दौडिरहेको छ । हिजोसम्म मानिसहरु पैसा नभई बाँच्नै नसकिने पैसा सर्वोपरी हो जस्तो गर्थे आज त्यहि पैसा सडकमा फ्याकिरहेका दृष्य देखिन थालेको छ । तर पनि विश्व यस्तो छ कि मानिसको राष्ट्रियतालाई एउटा सीमारेखाले छुट्याइ दिएको छ ।
अझै पनि मानिसलाई  एक देशबाट अर्को देशमा जान प्रवेशआज्ञा लिन धेरैथोक जुटाउनु पर्छ तर अहिले डर र त्राश विश्वभरिका मानव जातिको साझा भएको छ । यस्तै साझा र सीमा रहित एवं आडम्वर रहित विश्वको परिकल्पना गर्दै प्रकाश सुवेदीले लेखेका शव्द तथा अहिलेका नामुद संगीत–संयोजक साहस शाक्यको संगीत र स्वरमा रेकर्ड भएको सन्देशमुलक गीत मेरो विश्व मेरो घर सार्वजनिक भएको छ । गीतमा विश्व वन्धुत्वलाई जोड दिइएको छ ।
बिपत्तिको सामना गर्न जसरी विश्वका मानिसहरु घमण्ड त्यागेर एक भए त्यसैगरी सबैले यो विश्वलाई आप्mनो घर मान्नुपर्ने संदेश गीतले दिएको छ ।
यसअघि जीन्दगी यो फूलै–फूलको थुंगो हुँदैन–अञ्जु पन्त, अलि अलि नजर तिम्रो, क्या दामि भो –शिव परियार, बेहुला बनाउँछु भन्थि–रमेशराज भट्टराई, हामि पनि नाच्नपर्छु बिच बिचमा– दुर्गेश थापा, हंगामा भो कसम, लाइदेउन मायाले–प्रमोद खरेल, तिम्रो नसालु हेराइले मलाइ लट्ठै बनायो–सागर शरद अधिकारी, मत मर्छु कि क्याहो ठूली–राजेश पायल राई जस्ता चर्चित गीतहरुको संगीत संयोजन गरिसकेका साहस शाक्यले ठूलोपर्दा तर्फ ठूलि, नोवेम्वर रेन, भैरे, क्लासिक, र निर्माणाधिन चलचित्र गोर्खेमा संगीतको काम गरेका छन् ।
भर्खरै सार्वजनिक भएको गीत मेरो विश्व मेरो घर लाई टि.एन.भट्ट विश्वामित्रले अंजेजीमा भाषानुवाद गरेका छन् भने लिरिकल भिडियो बनाउने काम विरेन्द्र भाट बीपिनले गरेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website