लम्जुङका विद्यार्थीलाई समस्या परे काँग्रेसका युवा नेताले सहयोग गर्ने

काठमाडौँ, कोभिड १९ कोरोना भाइरसका कारण कुनै समस्यामा परेका काठमाडौँमा बसोबास गर्ने लम्जुङ्का विद्यार्थी तथा अन्य नागरिकका लागि  नेपाली काँग्रेस लम्जुङ काठमाडौँ सम्पर्क समितिले सहयोग गर्ने भएको छ ।

सम्पर्क समितिले एक प्रेस विज्ञप्ती जारी गर्दै काठमाडौँमा समस्या परेका जो कोही लम्जुङका नागरिकहरुलाई सहयोग गर्न एक समिति निर्माण गरेको छ । युवा नेता सुबास कडरियाको सक्रियतामा निर्माण भएको समितिको संयोजन सम्पर्क समितिका अध्यक्ष प्रदिपराज अधिकारीले गरेका छन् ।

समितिले काठमाडौँमा समस्यामा परेका लम्जुङका नागरिकले ९८५१०५९२६६(सुबास कडरिया), ९८४१४५४४७६(प्रदिप राज अधिकारी), ९८४१६४११२२(माधब प्रसाद अधिकारी), ९८५११९२६९५(किशोर पौडेल), ९८५१०५६२१८(मधु बराल), ९८०८०५९९५१(बुद्धि गुरुङ)  मा सम्पर्क गर्न आग्रह गरेकोछ ।

कोरोना भाइरसले काठमाण्डौ अध्ययनमा रहेका लम्जुङका विद्यार्थीहरु, कलेज फि,घरभाडा,लगायतका समस्यालाई केही सहज बनाउन सहयोग कार्यलाई अगाडी बढाएको युवा नेता कडरियाले बताउनुभयो ।

काठमाडौँमा बसोबास र अध्ययन गदै आएका विद्यार्थीहरुलाई खान बस्न र कानूनी रुपमा पर्न सक्ने समस्याहरुलाई समाधान गर्नका लागि विभिन्न व्यवसायी, तथा शुभचिन्तकहरुलाई सम्पर्क गरि विभिन्न सहयोगका लागि आग्रह गरिएको कडरियाले जानकारी दिनुभयो ।

 

युवा नेता कडरिया

सम्पर्क समितिले विभिन्न माध्यमबाट समस्यामा परेका लम्जुङ्का विद्यार्थीहरुको तथ्याङ्क संकलन र आफ्ना शुभचिन्तकहरुबाट सहयोग संकलन अभियान समेत शुरुवात गरिएको नेता कडरियाले बताए दिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website