भारतबाट आएको भाइरस कडा : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आएकाहरुमा कडा खालको कोरोना भाइरस (कोभिड–१९)संक्रमण देखिएको बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रममा उठेको प्रश्नहरुको संसदमा जवाफ दिँदै प्रधानमन्त्रीले वुहान, इटली, दुवईबाट आएको भाइरस कडा खालको नभएको बताए । उनले भने, ‘तर भारतबाट आएको भाइरस कडा खालको देखिएको छ ।’

पछिल्लो समय भारतबाट आएका धेरैमा संक्रमण देखिएको र यसरी आएकाहरु लुकेर बस्दा झन समस्या भएको उनले बताए ।

प्रधानमन्त्री ओलीले कोरोनाका कारण कोही पनि नागरिकको ज्यान जान नदिने सरकारको प्रयास विभिन्न कारणले असफल भएको स्वीकार गरे ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website