बम विस्फोटमा परेर चार बालबालिकाको मृत्यु

रोल्पा,  त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा  भएको बम विस्फोटमा परी चार बालबालिकाले ज्यान गुमाएका छन् ।

मृत्यु हुनेमा सातदेखि ११ वर्ष उमेरका तीन बालक र एक बालिका रहेका छन् । घटनास्थलमा बम पनि रहेकाले डिस्फोजका लागि दहवनस्थित नेपाली सेनाको टोली घटनास्थलतर्फ आउँदै गरेको त्रिवेणी- २ का वडाध्यक्ष कविराज बुढाले जानकारी दिनुभयो ।

घटना भएको जानकारी पाउने बित्तिकै प्रहरी टोली घटनास्थल पुगिसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले बताउनुभयो । के कति कारणले घटना भयो केही समयपछि थाहा हुने उहाँले जानकारी दिनुभयो ।-

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website