तलब कटौती प्रस्तावमा सहमति, जुभेन्टसलाई नौ करोड यूरो वचत

जुभेन्टसका खेलाडी र व्यवस्थापक माउरिजिओ सारीबीच चार महिनाको तलबमा कटौती गर्ने प्रस्तावमा सहमति भएको छ । इटालीमा अप्रिल तीनसम्मका लागि खेलकुदका सबै गतिविधि रोकिएको छ ।
कोरोना भाइरस महामारीका बीच फुटबल टोलीका सदस्य र व्यवस्थापकबीच यसप्रकारको सहमतिले जुभेन्टसलाई करिब नौ करोड यूरो वचत हुनेछ । पोर्चुगलका फरवार्ड क्रिष्टियानो रोनाल्डो र वेल्सका मीडफिल्डर आरोन राम्सेसहितका चर्चित खेलाडी रहेको सम्मिलित जुभेन्टसका खेलाडीले मार्च, अप्रिल, मई र जुन महिनाको पूर्ण तलब पाउने छैन् । शिर्ष स्थानमा रहेको जुभेन्टसलाई इटाली सिरी ए मा लाजिओभन्दा एक अङ्कको अग्रता छ ।
कोरोना भाइरसको महामारीले ठप्प बनेको खेलकुद गतिविधि पुनः सुचारु भएपछि विश्वासको आधारमा खेलाडीको तलबबारे पुनर्विचार हुन सक्ने जुभेन्टसले जनाएको छ । इटाली सिरी ए पछिल्लो आठ संस्करणको विजेता जुभेन्टसले एक वक्तब्य जारी गरी समस्याले घेरिएको अवस्थामा खेलाडी, प्रशिक्षकले जनाएको प्रतिबद्धताप्रति धन्यवाद ज्ञापन गरेको छ ।
यूरोपेली प्रमुख क्लब जर्मनीका वेर्यन म्युनिक र बोरसिया डर्टमन्डका खेलाडीले पनि तलबमा कटौतीको प्रस्तावमा सहमति जनाएका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website