कोरोनासँग तर्सने होइन लड्ने हो

उमेश ओझा

झण्डै १० हजार वर्ष पहिलेदेखि सरुवा रोगसँग मानिसको बेलाबेला जम्काभेट भइरहेको छ । कृषियुगमा प्रवेश अनि अर्धस्थायी बसोवासको सुरुवातसँगै आएको प्लेगको महामारीले मानव समाजमा डरलाग्दो छाप छोड्यो । इतिहासका कैयौँ कालखण्डमा घातक सरुवा रोग आए । औषधिमुलोको खासै जानकारी नभएका बेला पनि यस्ता सङ्कटसँग मानवले जुध्यो । तर, मानव सभ्यता समूल नाश भएन । किन ?
कतिपय सरुवा रोगले मानिसको शरीर चिनेका छन् । मौका मिल्यो कि आक्रमण गरिहाल्छन्, इतिहासले यही दर्शाउँछ । हाम्रो कमजोरी जानेका सरुवा रोगले हाम्रो शक्ति, सामाजिक मिलनसारिता र प्रेम भावनाको बेलाबेला परीक्षा लिने गर्छन् । हाम्रा कमजोरी खोज्छन् । हामीले जति प्रयास गरे पनि रोगले नयाँ ढङ्गले हाम्रो ढोका ढकढक्याइहाल्छ । एकपटक घरको दैलोमा रोग आइपुग्यो भने हामी त्यत्तिकै भाग्न सक्दैनौँ । त्यतिबेला हामीले गर्ने काम भनेको त्यसबाट पर्ने क्षति जतिसक्दो कम गर्ने नै हो र अहिलेको समयले हामीबाट त्यही माग गरेको छ– कोरोना भाइरसको सङ्क्रमणसँग लड्न ।
दुई महिनाभित्रै कोरोना भाइरस (विश्व स्वास्थ्य सङ्गठनले दिएको नाम कोभिड–१९) विश्वव्यापी भएको छ, यसबाट सङ्क्रमित हुने सङ्ख्या दुई लाख नजिक पुगेको छ र सङ्क्रमणको वेग सुस्त हुने कुनै सङ्केत अहिलेसम्म देखिएको छैन । महामारी डरलाग्दो हुन्छ, इतिहासले हामीलाई यही बताएको छ । सन् १९१८ मा देखापरेको ठूलो महामारी स्पेनी इन्फ्लुएन्जाले विगतमा प्लेगले मच्चाएको ताण्डवको सम्झना गरायो । मानव सहनशीलताको एकपटक फेरि परीक्षा भयो र पाँचदेखि दस करोड मानिसको ज्यान लिएर स्पेनी इन्फ्लुएन्जा “एच वन एन वन”ले विश्राम लियो । कुनै औषधिले स्पेनी
इन्फ्लुएन्जा किनारा लागेको होइन, भाइरस कसरी पैmलिन्छ र हाम्रो शरीरको प्रतिरक्षा प्रणालीले कसरी सङ्क्रमणको अवस्थामा काम गर्छ भन्ने आवश्यक ज्ञानको प्रसार र अवलम्बनले महामारीबाट मानिसले पार पाउन सकेका थिए ।
सय वर्षपछि पनि कोभिड–१९ का लागि त्यस्तै प्रयास भइरहेको छ । तथापि भ्रम, मिथक र हल्ला पैmलाउने कामले विगतमा पनि समस्या ल्याएको थियो र अहिले पनि चुनौती थप्दै छ । कोभिड–१९ प्रथम सङ्क्रमण चीनको वुहानमा देखिएपछि दुई महिना नबित्दै विश्वव्यापी भयो । चीनको रोग भन्नेहरू अबचाहिँ आफूलाई कसरी जोगाउने भनेर कम्मर कसेर लागेका छन् । कोरोनाको सङ्क्रमण रोक्न जे–जति गर्न सकिने हो, सबै प्रयास अवलम्बन गरिँदै छ । तर, न त सङ्क्रमणको दर कम भएको छ न त मृत्यु दर नै । बरु नयाँ क्षेत्रमा समेत कोरोना देखिँदै जानुले चिन्ता बढाएकोमात्र छ । युरोपेली सङ्घले समेत आफ्नो ढोका बन्द गर्नुपर्ने अवस्था आएको छ । आधुनिक चिकित्सा विकासका हस्ती अमेरिका तथा युरोपका मुलुक सबैभन्दा बढी आक्रान्त छन् । अहिलेसम्म भाइरस रोकथाममा मात्रै ध्यान केन्द्रित छ र मानिसलाई घरभित्रै रहनु भनिएको छ तर पेटले अन्न माग्यो भने भोलिका दिनमा त्यसको आपूर्ति सहज हुन नसके त्यतिबेला भाइरसभन्दा ठूलो चुनौती आइपर्नेछ– शान्ति सुरक्षा बहालीको । अमेरिकाले आफ्ना नागरिकको जीवनयापनमा समस्या नहोस् भनी तत्कालका लागि एक खर्ब डलर वितरण गर्ने प्रस्ताव गरेको छ, यो चानचुने कुरा होइन । यसमा कोभिड–१९ ले उत्पन्न गरिरहेको सङ्कटको गहिराइ लुकेको छ ।
प्रत्येक दिन कोभिड–१९ को पारिरहेको प्रभाव र त्यसको प्रसारबारे नयाँ तथ्य आइरहेका छन् । एक गाउँमा परिणत अहिलेको विश्वको गति नै यसले रोकिदिएको छ । कुनै स्थानविशेषबाट सुरु भएर राष्ट्रिय समस्या बनेको केही हप्तामै कोरोना महादेशको समस्या बन्यो र अहिले विश्वको टाउको दुखाइ भएको छ । चीनमा यस भाइरसको सङ्क्रमण नियन्त्रणमा आएको बताइँदै छ तर इटाली, इरान, युरोपेली मुुलकदेखि अमेरिकासम्म यस नयाँ भाइरसले मानव जीवनलाई मात्र सङ्कटमा पारिरहेको छैन, अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थामा आएको अवरोध तथा सामाजिक, आर्थिक, साँस्कृतिकलगायत सबै क्षेत्रमा परिरहेको असर भाइरस आफैँले पु¥याउने क्षतिभन्दा अभैm भयावह हुनेछ ।
कोरोना नदेखिएका भन्दै खुसी हुने वा ढुक्क भएर बस्ने अवस्था नेपालीको पनि छैन । माथि नै भनियो रोग आफैँले भन्दा त्यसले उत्पन्न गर्ने परिस्थितिले अत्यन्त खतरनाक रूप लिन्छ । यो रूप तीव्र गतिमा हुनेछ । यही प्रभाव नेपालमा पनि पर्न सक्छ । वैदेशिक श्रम बजारबाट आइरहेको विप्रेषण दरमा असर पर्नेछ, खाद्यवस्तुको आपूर्तिमा अवरोध आउनेछ, बेरोजगारी, सामाजिक असुरक्षा, अन्य रोगका रोगीले समुचित उपचार नपाउने र औषधिको अभाव तथा शैक्षिक र लैङ्गिक असमानता व्यापक हुने सम्भावना उच्च छ । यसमा महŒवपूर्ण के छ भने हामीलाई आइपर्ने समस्या समाधानका लागि हात बढाउन आउने कोही हुने छैनन् किनभने सारा विश्व नै आफूलाई जोगाउन लागिरहेका हुन्छन् ।
कोरोनाले आफ्नो सुरक्षा र व्यवस्था आफैँ गर भन्ने वातावरण सिर्जना गर्दै छ । कसले कसलाई सहयोग गर्ने ? छिमेक भारतसमेत रनभुल्लमा परेको अवस्था हाम्रासामु छँदै छ । कुरा डरको होइन, बेलैमा सचेत हुने हो र भावी सङ्कटका लागि तयार रहने हो । संसारका सबै देश हरेक कुरामा अन्तरसम्बन्धित छन् र यसकारण हाम्रोमा भाइरस आएको छैन र यो लडाइँ भाइरससँग मात्र हो भन्ने ठानेर भ्रममा बस्नुहुँदैन । अरूको समस्याको छायाँ हामीमा पनि पक्कै पर्नेछ ।

नाम र उत्पत्तिमै विवाद
स्पेनी फ्लु नामकरण किन भयो भने प्रथम विश्वयुद्धमा स्पेन तटस्थ थियो र स्पेनमा सञ्चारमाध्यममाथि कुनै पनि खालको प्रतिबन्ध लगाइएको थिएन । जब कि स्पेनभन्दा पहिले नै फ्लुले ग्रस्त अमेरिका, ब्रिटेन र फ्रान्स युद्धमा थिए र त्यहाँ सञ्चारमाध्यममाथि सेन्सर लगाइएको थियो । ती देशले आफ्ना नागरिक र सैनिकको आत्मबलमा असर नपरोस् भनी सुरुमा फ्लुको समाचार दबाएर राखे । तर, यस्ता समाचार कसरी लुकाउन सकिन्थ्यो र ? बरु रोगका बारेमा नचाहिँदा हल्ला चल्यो । शत्रुलाई भगाउनसमेत आफूलाई फ्लु भएको कुरा गर्न थालियो । शत्रु घरको दैलो आइपुग्दा छिमेकीलाई सराप्ने र दोष लगाउने मानवीय प्रवृत्ति सन् १९१८ मा पनि देखियो र अहिले पनि त्यस्तै छ । स्पेनमा सही खबर छापिन थालेपछि रोगलाई स्पेनी फ्लु भनियो तर नामकरणमा पनि विवाद भइरह्यो । ब्राजिलले त्यसलाई जर्मन फ्लु भन्यो भने सेनेगलले ब्राजिल्यन फ्लु । पोल्यान्ड बोल्सेभिक रोग भन्नबाट चुकेन र डेनमार्कले यस रोगलाई दक्षिणबाट आएको भन्यो ।
अहिलेको अवस्था पनि त्यस्तै छ । नोभल कोरोना चीनबाट आएको भनिरहेका छन् पश्चिमा देशहरू । चीनले अमेरिकी सैनिकले आफ्नो देशमा भाइरस ल्याएको आरोप लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प त यसलाई चाइनिज फ्लु भन्नबाट समेत चुकेनन् । जे होस् विश्व स्वास्थ्य सङ्गठनले यस रोगलाई कोभिड–१९ नामकरण गरेको छ र यो त्यही हो, कुनै देशविशेषको होइन र सबैको साझा समस्या हो ।

हल्लाको खेती
राष्ट्रपति ट्रम्पलाई नै कोभिड–१९ भएको दाबी गरियो किनभने उहाँले वासिङ्टनमा हात मिलाएका एकजना ब्राजिल्याली कोरोनाबाट सङ्क्रमित भएको थाहा भयो । तर, ट्रम्पले आफ्नो परीक्षण गराउनुप¥यो र उहाँलाई सङ्क्रमण नभएको स्पष्ट भयो । यहाँनिर एउटा कुरा महŒवपूर्ण छ, ट्रम्पको हजुरबुवाले चाहिँ सन् १९१८ को फ्लुका कारण ज्यान गुमाएका थिए । यस्तै चर्चा सन् २००९ मा स्वाइन फ्लुको सन्त्रासका बेला समेत चलेको थियो । जुनबेला अमेरिकाका तत्कालीन राष्ट्रपति बराक ओबामाले मेक्सिकोमा भेटेका एक व्यक्ति स्वाइन फ्लुले मरेका थिए । अहिले सामाजिक सञ्जालको युगमा ह्यासट्याग जोडेर हल्ला पैmलाउनेको कमी छैन । चिकित्सकलाई नै रोग लागेको, रोगी देखेर स्वास्थ्यकर्मी नै भागेको, शव गाड्ने ठाउँ नै अभाव भएको, सरकारका उच्च अधिकारी र पदाधिकारी नै सङ्क्रमित भएको जस्ता कैयौँ हल्लाले चुनौती थप्ने काममात्र गरिरहेको छ ।
हाम्रो कतिपय धार्मिक, सामाजिक र साँस्कृतिक अभ्यासले समेत भाइरस फैलाउनमा भूमिका खेलिरहेका हुन्छन् । दक्षिण कोरियाका एक पादरीले जुन पवित्र जल भक्तजनमा छर्के, त्यसले कोरोनालाई विस्तार हुन मद्दत पु¥याएको बताइयो । स्पेनी फ्लुका बेला समेत स्पेनको जमोरामा स्थानीय पादरीले स्वास्थ्य अधिकारीहरूको आदेशको अवाज्ञा गर्दै प्लेग र अन्य महामारीका संरक्षक सन्त रोक्कोको प्रार्थनाका लागि लगातार नौ दिनसम्म साँझ नोभिनामा सरिक हुन आह्वान गरे । प्रार्थनाका लागि चर्च जानेहरूले सन्तको निशानीमा चुम्बन गर्दथे । त्यतिबेला फ्लुको सङ्क्रमण उत्सर्गमा थियो र केही दिनमै जमोरामा फ्लुबाट ज्यान गुमाउनेको सङ्ख्या स्पेन र युरोपमै उच्च भयो ।
सय वर्षपछिको संसारमा ठूलो भिन्नता छ तर धार्मिक अभ्यासमा त्यति ठूलो अन्तरचाहिँ आएको देखिँदैन । धार्मिक अनुष्ठानपूर्व साबुन पानीले हात धुने, रोगप्रतिको सचेतना र सकभर पवित्र जल छर्कनेजस्ता कुरा अपनाउने गरिन्छ तर सबैतिर यस्तो भइरहेको छैन । दक्षिण कोरियाको घटना यसको उदाहरण हो । कोभिड–१९ ले महामारी रूप लिइसकेपछि सुरक्षामा लागि स्वस्पूmर्त मठमन्दिर केही समयका लागि बन्द गर्न थालिएको छ र धार्मिक गुरुहरू नै सचेतनाका लागि अग्रसर हुन थाल्नुले रोग नियन्त्रणको प्रयासमा पक्कै पनि ठूलो सहयोग पुग्नेछ ।

के हो कोरोना
भाइरस भनेका एकप्रकारको सूचना प्रणाली हुन् । जो डीएनए वा आरएनएका रूपमा रहेका हुन्छन् । आफ्नो पुनरावृत्ति र जीवनको सुनिश्चितताका लागि यिनको सुरक्षा कवच र आकार निर्धारण भएको हुन्छ । जीवित कोषमा मात्र भाइरस विकास हुन सक्छन् ।
केही भाइरस जन्मजात हामीमा छन् र ती आमाका डीएनएबाट आएका हुन्छन् । उदाहरणका लागि पहिलो प्रकारको हर्पस सिम्प्लेक्स (जसका कारण चिसो लागे जसरी घाँटी बस्छ), किसिङ डिजज गर्ने इपेस्टियन बार भाइरस हामीसँग जीवनपर्यन्त रहन्छन् ।
कोरोना भाइरस पशुबाट मानिससम्म पुगेको अनुमान गरिएको छ र शङ्काको केन्द्रमा छ चमेरो । वास्तवमा कोरोना भाइरसको ठूलो समूह छ । पशुअनुसार कोरोना भाइरसका प्रजाति छन् । ऊँट, गाईबस्तु, बिरालो र चमेरोलगायतका शरीरमा आ–आफ्नो विशेषता भएका कोरोना भाइरस हुन्छन् । मानिसमा समेत कोरोना भाइरस छ । जसले हाम्रो माथिल्लो श्वासप्रश्वास प्रणालीमा सामान्य खालको रुघा गराउँछ । पशुबाट कोरोना भाइरस मानिसमा सर्ने घटना दुर्लभ नै मानिन्छ तर केही यस्ता घटना भएका छन् । मर्स, सार्सको सङ्क्रमणमा कोरोना भाइरस जिम्मेवार थियो । भाइरस पशुबाट मानिसमा सरेमा गम्भीरखालको सङ्क्रमण हुने कुरा अहिले विश्वले बेहोरिरहेको छ । चीनको वुहानमा सर्वप्रथम देखिएको कोभिड–१९ को सङ्क्रमण पहिले पहिचानमा नआएको चमेरोको भाइरस मानिसमा सर्नाले भएको अनुमान छ । सन् १९६० को दशकको मध्यमा मानिसमा पहिलोपटक कोरोना भाइरस पत्ता लगाइएको थियो । धेरै वर्षसम्म दुईवटा मानव कोरोना भाइरस ज्ऋयख्(द्दद्दढभ्र ज्ऋयख्(इऋद्धघ मात्र जानकारीमा रह्यो ।
धेरैजसो रुघामा यी दुवै प्रजाति जिम्मेवार हुन्छन् । सार्स तेस्रो मानव कोरोना भाइरस भयो भने सन् २००४ मा आएर ज्ऋयख्(ल्ीटघ नामको चौथो कोरोना भाइरस पत्ता लगाइयो । सन् २००५ मा हङकङ विश्वविद्यालयका वैज्ञानिकले निमोनिया भएका दुईजना रोगीमा पाँचौँखालको कोरोना भाइरस पत्ता लगाएर त्यसको नाम ह्युम्यान कोरोना भाइरस ज्प्ग्ज्ञ राखेका थिए । मर्स सन् २०१२ मा पत्ता लगाइएको थियो । कोरोना भाइरसलाई अल्फा, बिटा, गामा र डेल्टा गरी चार समूहमा वर्गीकृत गरिएको छ । सन् १९३७ मा पहिलोपटक कोरोना भाइरस ब्रोङ्काइटिस भाइरसद्वारा सङ्क्रमित चरामा पत्ता लगाइएको थियो ।

स्वप्रयास
कोरोनाको सन्त्रास व्यापक बनेका बेला आशा लाग्दा कुरा नै बढी छन् । त्रासका बीच ती पक्षलाई या त हामीले देखेका छैनौँ या वास्ता गरिरहेका छैनौँ । पहिलो कुरा त के भने कोभिड–१९ लाग्यो वा वरिपरि देखियो भन्दैमा सर्वनाश हुने होइन । यसबाट सङ्क्रमितको सङ्ख्या दिनहुँ बढिरहेको भए पनि मानिस मर्ने दर कमै छ, मुस्किलले ३.५ प्रतिशत । जब कि सन् २०१४ मा देखिएको इबोलाले सङ्क्रमित सयमध्ये ७०–८० जनाको ज्यान जाने अवस्था थियो । त्यसैले डराएर मर्नु हुँदैन, लड्नुपर्छ ।
कोभिड–१९ सँग लड्नका लागि सजिला उपाय छन्, जो हामी आफैँ अपनाउन सक्छौँ । शरीरको प्रतिरक्षा प्रणाली बलियो भएका मानिसमा यस भारइसको असर सामान्य रुघखोकीसरह नै सीमित हुन्छ । तर, बारम्बार भाइरसको सङ्क्रमणमा पर्नुचाहिँ हुँदैन । अब रह्यो कुरा प्रतिरक्षा प्रणाली कसरी बलियो बनाउने ? युवा र स्वस्थ मानिसको शरीर त्यसै पनि बलियो नै हुन्छ । कुनै रोगले ग्रसित भए, जस्तै मधुमेह, क्यान्सर, दम, मिर्गौला बिकार, हेपाटाइटिस आदि शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुन्छ र कोभिड–१९ को सङ्क्रमणले घातक रूप लिनसक्छ । हामीले रोगसँग लड्ने शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउन स्वस्थ खानपिन, जीवनशैली अपनाउनु आवश्यक छ । पौष्टिक र सन्तुलित खाद्यवस्तु खाने तथा शरीरलाई कोषस्तरमै पुष्ट पार्ने तŒव भिटामिन ‘सी’ खानु राम्रो हुन्छ । तर, यसको अर्थ रोग लाग्दैन भन्नेचाहिँ होइन, रोग लागेमा त्यसविरुद्ध लड्न शरीर सुसज्जित रहन्छ भन्नेमात्र हो ।
यसैले आरम्भमै भनियो महामारीले मानव क्षमताको परीक्षा लिने गर्छ तर हामीले इतिहासका ती पानालाई बिर्सनुहुँदैन, जसमा हाम्रा गल्ती औँल्याइएका छन् । समाजले सामाजिकता बिर्सेर स्वार्थमा डुब्दा आफ्नै विनाशको खाडल खन्ने, अरूलाई स्वास्थ्य सेवा दिनमा कञ्जुस्याइँ गर्ने, आश्रय नदिने, एक मुठी अन्न दान गर्न नचाहने तथा मुसाको जसरी अन्न सञ्चयमा लागेर अरूलाई भोको पार्ने काम मानवता विरोधी हुन् । यसखालका महामारी मानवभावना जागृत गराउन पनि आएका हुन्छन्, हामीले मनन गर्न सक्नुमात्रै पर्छ ।
विश्वयुद्ध नै हो !
कोभिड–१९ सँग लड्न विश्वले जुन मोर्चा सम्हालेको छ र जे–जस्ता आगामी योजना बनाएको छ, तिनलाई मनन गर्दा के यो तेस्रो विश्वयुद्धको आरम्भ हो ? मानव सभ्यता र भाइरसका बीच । विगतभन्दा नितान्त बेग्लै । मानिसबीच प्रभुत्वका लागि प्रथम र द्वितीय विश्वयुद्ध भए । यसले जुन किसिमको क्षति उत्पन्न भएको थियो, यहाँ त्यसको पुनरावृत्ति भएको छ तर फरक शत्रुसँगको लडाइँमा । मानवले आफ्नो अस्तित्वका लागि अचानक आइपुगेको प्रकृतिको एउटा सूक्ष्म जीवसँग लड्नका लागि जुन प्रकारका कदम चालेर आफ्नो सम्पूर्ण जीवनपद्धति र व्यवस्था परिवर्तन गरेको छ, त्यसको व्यापकताले विश्वयुद्धकै झलक दिइरहेको छ ।
प्रख्यात वैज्ञानिक स्टेफन हकिङले आफ्नो जीवनका अन्तिम दिनमा मानव अस्तित्वका लागि केही सुझाव दिनुभएको थियो । जसमा एउटा थियो– मानिसले कुनै दिन वंशाणु परिवर्तन गरिएका भाइरससँग आफ्नो अस्तित्वका लागि लड्नुपर्नेछ । टेस्ला कम्पनी र स्पेसएक्सका मालिक एलन मस्कले त तोकेरै तेस्रो विश्वयुद्ध ‘आर्टिफिसियल इन्टेलिजेन्स’सँग हुने दाबी गर्नुभएको छ । आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि आफ्नो आरम्भिक चरणमा छ र जेनेटिक इन्जिनियरिङले समेत जे पनि गर्न सक्नेगरी ठूलै फड्को मारिसकेको छैन तर एकाएक नोभल कोरोना भाइरस सारा विश्वलाई आफ्नो सम्पूर्ण संयन्त्र र स्रोत परिचालन गर्न बाध्य पार्नेगरी आइपुगेको छ, हकिङको अनुमानभन्दा चाँडै । यस भाइरसको स्रोत स्पष्ट हुन बाँकी छ, यसमा शङ्का विभिन्न छन् । विश्व प्रणाली नै अस्तव्यस्त पार्नेगरी सङ्कट आएको छ । हामीले सय वर्षपछि होइन, अहिलेदेखि नै आफ्नो अस्तित्वका लागि नौला शत्रुसँग लड्न आफूलाई सुसज्जित पार्नुपर्ने सन्देश लिएर नोभल कोरोना आइपुग्ला भनेर कसैले सोचेको थिएन ।


कोभिड–१९ विरुद्ध तयारी र नियन्त्रणका हरसम्भव उपाय विश्वयुद्धका बेलाभन्दा कम छैन । अमेरिका र युरोपबीच एक महिना हवाई सेवादेखि पारवहनका सबै माध्यम ठप्प, युरोपेली सङ्घअन्तर्गतका सबै देशका सीमा बन्द तथा केही अत्यावश्यक सेवाबाहेक देशभित्रका अन्य सम्पूर्ण सेवा र आवतजावतमा प्रतिबन्ध, सेयर बजार इतिहासकै नराम्रो स्थितिमा, डाँवाडोल अर्थतन्त्र, आत्मकेन्द्रित व्यवहार, प्रायः सबै देशमा एक निश्चित अवधिका लागि आगन्तुक सबैले क्वारेन्टाइनमा बस्नुपर्ने नियम, शङ्कास्पद सबैको अनिवार्य शरीर परीक्षण,
बाटोघाटो, विमानस्थल, भवन, बस, टोल, बस्ती जहाँ पनि भाइरस मार्ने औषधि छर्किने इत्यादि अपूर्व कदमलाई हल्का रूपमा लिन सकिँदैन ।
कुनै पनि कुरा सामान्य छैन । विश्वमा खेलकुदका ठूला–साना खेल गतिविधि ठप्प छन् । युरो फुटबल एक वर्ष सारिएको छ र युरोपका सबै लिगलाई नतिज(ाका लागि अनिश्चितकालीन प्रतीक्षा गर्नुपर्ने भएको छ । टोकियो ओलम्पिकमा समेत संशय छ । यस्तो अवस्था द्वितीय विश्वयुद्धका बेला मात्र आएको थियो । जुन बेला ओलम्पिक र विश्वकप फुटबलसमेत रद्द गरिएका थिए । अन्टार्कटिकाबाहेक विश्वको सबै कुनामा कोभिड–१९ पुगेको छ । कसैले १४ दिन त कसैले एक महिनाका लागि देश बन्द गरेका छन् तर त्यसबाट सोचेजस्तो नतिजा मिलेन भने के गर्ने ? मालवस्तु सञ्चयमा लाग्नेले यो कुरा सोचेका छैनन् कि यस सङ्कटले उत्पादन व्यवस्थामा समेत उत्तिकै असर पर्नेछ र पछिका लागि उपभोग्य वस्तु कसरी उपलब्ध हुनेछ ? सम्पूर्ण परिदृश्यले हकिङ र मस्कका भनाइको समर्थन गर्छन् ।
कोरोना भाइरसको महामारीले एउटा सर्वहितको काम भने गरेको छ । त्यो हो मानवता र मानव अस्तित्वका लागि एकजुट भएका छन् मानिस । सहअस्तित्व, पारस्परिक सहयोग र सहकार्यका लागि अग्रसरता देखाइन थालिएको छ, क्षेत्रीय सङ्ठनलाई सक्रिय बनाउन पहल भएको छ । सार्क राष्ट्रले एकजुट भएर कोरोनाविरुद्ध लड्न पहल गर्नु यसको एक उदहारण हो ।
यहाँ मानिसको प्रतिद्वन्द्वी अर्को मानिस छैन, मात्र भाइरस छ । त्यसैसँग भयङ्कर युद्ध भइरहेको छ । इतिहास साक्षी छ, यसखालका युद्धमा मानिसको नै जित हुन्छ, चाहे त्यो जति नै व्यापक किन नहोस् । सय वर्ष पहिलेको स्पेनी इन्फ्लुएन्जालाई नै लिऊँ । करोडौँ मानिसले ज्यान गुमाए पनि अन्त्यमा मानिसकै जित भयो र अहिले अर्को लडाइँ आमुन्नेसामुन्ने छ । सन् १९१८ को स्पेनी फ्लु महामारीका बेला त झन् प्रथम विश्वयुद्ध चलिरहेको थियो । त्यतिबेला विश्वका धेरै देशलाई महामारी भन्ने नै थाहा थिएन किनभने अहिलेको जस्तो रोगमाथि निगरानी राख्ने प्रणाली नै विकास भएको थिएन र जनस्तरमा सचेतना अभियानहरूसमेत आरम्भिक चरणमा थिए ।

(गोरखापत्र दैनिकको अनलाइन संस्करणबाट साभार)

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website