एक सय एक वर्षिया वृद्दाको अपत्यारिलो जित

अकल्याण्ड । भारतकी १०१ वर्षिया मन कौरले सोमबार न्युजिल्याण्डको अकल्याण्डमा आयोजित वल्र्ड मास्टर्स गेम्सको १ सय मिटेरको रेस जितेकी छिन्

। 

कौरले १ मिनेट १४ सेकेण्डमा रेस पूरा गरिन् । यो उमेरमा रेस पूरा गर्ने उनी एक्ली महिला हुन् ।न्युजिल्याण्डको मिडियाले उनलाई चन्डीगढको चमत्कार भएको बताएको छ ।

रेसअघि उनको स्वास्थ्य जाँच गरेपछि मात्र दौडन अनुमति दिइएको थियो ।९३ वर्षको उमेर पुगेपछि उनले आफ्ना छोरा गुरुदेवसँग एथ्लेटिक करियरको शुरुवात गरेकी थिइन् ।

रेस पूरा गरेपछि उनले नाच्दै खुसियाली मनाएकी थिइन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website