उदयपुरमा थप एक जनामा कोरोना सङ्क्रमण

काठमाडौं,  नेपालमा कोभिड- १९ को सङ्क्रमणको सङ्ख्या ३१ पुगेको छ । इपिडिमोयोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले उदयपुरमा थप एक जनामा सङ्क्रमण देखिएको बताउनुभयो । उहाँले शुक्रबार उदयपुरमा देखिएका १२ जनाको समूहकै व्यक्तिमा हिजो परीक्षणका क्रममा सङ्क्रमण देखिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार ती व्यक्ति उदयपुरका ६५ वर्षीय पुरुष हुन् । शुक्रबार उदयपुरमा एक मस्जिदमा रहेका १२ जनामा सङ्क्रमण देखिएको थियो । मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीले सङ्क्रमितका नजिकका आफन्तको कन्ट्याक ट्रेसिङ पनि शुरु गरिएको जानकारी दिनुभयो ।

उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के स्थित मस्जिदमा रहेका १२ जनाको कोरोना रिर्पोट पोजेटिभ आएपछि सिंगो गाउँमा नै कोरोना परिक्षण गरिएको छ । मस्जिदसगै रहेका मुस्लीम समुदायको ५३ घरका स्थानीयहरुको कोरोना परिक्षणको लागि स्वाव संकलन गरिएको हो ।

१ नम्बर प्रदेश प्रयोगशाला विराटनगरको प्राविधिक टोलीले त्रियुगा नगरपालिका भुल्के आई गाउलेहरुको स्वाव संकलन गरेको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।-

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website